बीपी प्रतिष्ठान धरानमा उपचारका क्रममा दुई संक्रमितको मृत्यु – Kanika Khabar
Wednesday, April 29Nepali News Portal

बीपी प्रतिष्ठान धरानमा उपचारका क्रममा दुई संक्रमितको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कात्तिक १, सुनसरी
बीपी प्रतिष्ठान धरानमा उपचारका क्रममा दुई संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान– १५ का ६५ वर्षीय बृद्ध र झापा शिवसताक्षी( ११ का ५६ वर्षीय पुरूष रहेको प्रतिष्ठानका सह–प्रवक्ता डा।आशिष श्रेष्ठले जानकारी दिए ।

धरानका वृद्धलाई बुधबार संक्रमण पुष्टि भएपछि बिहीबार अस्पताल भर्ना भएका थिए । उनको शुक्रबार राति सवा ७ बजे मृत्यु भएको श्रेष्ठले बताए ।

यस्तै बिहीबार नै संक्रमण पुष्टि भएका झापाको पुरूषको राति ७स्४५ बजे मृत्यु भएको श्रेष्ठले बताए । मृतक क्यान्सरपीडित रहेको उनले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्