बाँकेका थप दुई कोरोना संक्रमितको मृत्यु – Kanika Khabar
Saturday, June 6Nepali News Portal

बाँकेका थप दुई कोरोना संक्रमितको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कात्तिक १, बाँके

बाँकेका थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदोका १८ बर्षीया किशोरीको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ ।

उनको शुक्रबार राति १० बजेतिर मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। उनी २९ गते अस्पताल भर्ना भएकी थिइन्।

यस्तै नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १०, भृकुटीनगर का ६१ वर्षीय पुरुषको पनि शुक्रबार राति ९ बजेतिर उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ ।

श्रेष्ठका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि उनी असोज २५ गते अस्पताल भर्ना भएका थिए।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ। त्यस्तै, बाहिरी जिल्लाका थप १३ को पनि मृत्यु भएको छ । बाँकेमा हालसम्म कोरोनाले ४२ जनाको मृत्यु भएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्