कोरोनाका कारण विश्वभर झण्डै ४ करोड मानिस सङ्क्रमित – Kanika Khabar
Thursday, June 11Nepali News Portal

कोरोनाका कारण विश्वभर झण्डै ४ करोड मानिस सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
कार्तिक २, दाङ
कोरोना भाइरस कोभिड १९ का कारण विश्वभर झण्डै ४ करोड मानिस सङ्क्रमित भएका छन् । हाल सम्म विश्वभर ३ करोड ९९ लाख ४५ हजार २ सय मानिसमा कोरोनको सङ्क्रमण देखिएको छ । सङ्क्रमित भएका मध्ये २ करोड ९८ लाख ८४ हजार मानिस भने उपचार पछि स्वस्थ भएका छन् । हाल सम्म विश्वभरि कोरोनाका कारण ११ लाख १४ हजार ५ सय ७८ जनाको मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा धेरै ८३ लाख ४२ हजार मानिसमा कोरोनाको सङ्क्रमण देखिएको छ । अमेरिकामा २ लाख २४ हजार २ सय ८२ जनाको मृत्यु भएको छ । यस्तै भारतमा ७४ लाख ९२ हजार ७ सय २७ जना सङ्क्रमित हुँदा १ लाख १४ हजार मानिसको मृत्यु भएको छ । ब्राजिलमा ५२ लाख २४ हजार मानिस सङ्क्रमित भएका छन् भने रसियामा १३ लाख ८४ हजार सङ्क्रमित भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्