सबै अस्पताललाई ५० प्रतिशत बेड कोरोना सङ्क्रमितको उपचारका लागि छुट्याउन निर्देशन – Kanika Khabar
Monday, August 10Nepali News Portal

सबै अस्पताललाई ५० प्रतिशत बेड कोरोना सङ्क्रमितको उपचारका लागि छुट्याउन निर्देशन

    मा प्रकाशित

कनिका खबर
कार्तिक २, काठमाडौं
सरकारले सबै अस्पताललाई कोरोना सङ्क्रमितको उपचारका लागि ५० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमणको रोकथाम तथा उपचार सम्बन्धी असोज २९ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार निजी, सामुदायिक, मेडिकल कलेज, सरकारी तथा प्रतिष्ठानहरुलाई कोरोना सङ्क्रमितको उपचारका लागि ५० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यसअघि निजी तथा सामुदायिक अस्पताललाई कोरोना सङ्क्रमितको उपचारका लागि २० प्रतिशत तथा मेडिकल कलेज र प्रतिष्ठानलाई ३३ प्रतिशत बेड छुट्याउन निर्देशन दिएकोमा त्यसलाई परिवर्तन गरेर ५० प्रतिशत पु¥याइएको बताउनुभयो । उहाँले कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले सबै अस्पतालले आईसीयू, भेन्टिलटेर सहितका बेड सुविधा ५० प्रतिशतमा राख्नुपर्ने बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्