वीर अस्पतालका कर्मचारी आन्दोलनमा – Kanika Khabar
Monday, November 23Nepali News Portal

वीर अस्पतालका कर्मचारी आन्दोलनमा

    मा प्रकाशित

कनिका खबर
कार्तिक २, काठमाडौं
नोबेल कोरोना भाइरस (कोभिड–१९) भएका बिरामीको उपचारमा खटिएवापतको र दसैँ भत्ता नपाएको भन्दै वीर अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारी भएको कोठामा ताला लगाएका छन् । आन्दोलनमा चिकित्सक, नर्स र अन्य कर्मचारी गरी डेढदेखि दुई सय जना सहभागी छन् । १५ दिनसम्म पनि उक्त मागको सुनुवाइ नभएपछि आफुहरु आन्दोलनमा उत्रिएको आन्दोलनमा सहभागीहरुले बताएका छन् । कोरोना महामारीको क्रममा अग्रभागमा खटिएर उपचारमा सहभागी कुनै पनि कर्मचारीले अहिलेसम्म कोभिड भत्ता नपाएको पाइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्