राष्ट्रिय खेलकुद परिषद्को बोर्डको बैठक दसैंपछि बस्ने – Kanika Khabar
Sunday, May 10Nepali News Portal

राष्ट्रिय खेलकुद परिषद्को बोर्डको बैठक दसैंपछि बस्ने

    मा प्रकाशित

कनिका खबर
कार्तिक २, दाङ
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक दसैंपछि मात्र बस्ने भएको छ । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण बढेको भन्दै बोर्ड बैठक दसैंपछि मात्र बस्ने भएको हो । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सहभागीको संख्या धेरै भएकाले दसैंअघि बोर्ड बैठक बस्ने सम्भावना नरहेको बताउनुभयो । उहाँले दसैंपछि मात्र बोर्ड बैठक बस्न सकिने अवस्था रहेको उल्लेख गर्नुभयो । मन्त्रिपरिषद्को २९ गते बसेको बैठकले राखेपका ९ जना बोर्ड सदस्य नियुक्त गरेको थियो । प्रधानमन्त्री केपी ओलीले राखेपको बोर्ड सदस्यमा हरी खड्का, मानदेव हजारा, पुरेन्द्र लाखे, राजेश गुरुङ, मोहमद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कँुवर, चन्द्रबन्दना राई, सुमित्रा चौधरीलाई मनोनित गर्नुभएको थियो । परिषद् अध्यक्षको रुपमा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलकुद संघको सिफारिसमा रेनुका श्रेष्ठ र सुवर्णा श्रेष्ठलाई नियुक्त गर्नुभएको थियो । नयाँ ऐनले ३७ सदस्यीय राखेपको बोर्डको परिकल्पना गरेको छ । मन्त्रिपरिषद्ले नयाँ ऐन अनुसार राखेप सदस्य सचिवमा रमेश सिलवाल र उपाध्यक्षमा शिव कोइरालालाई नियुक्त गरिसकेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्