तुलसीपुरमा मोबाईल चोर्ने गिरोह सक्रिय, संचारकर्मी सुनारमाथि लुटपाट – Kanika Khabar
Friday, January 23Nepali News Portal

तुलसीपुरमा मोबाईल चोर्ने गिरोह सक्रिय, संचारकर्मी सुनारमाथि लुटपाट

    मा प्रकाशित

कनिका खबर
कर्तिक ३, दाङ

रेडियो हाम्रो पहुँच एफएम तुलसीपुरमा कार्यरत संचारकर्मी सविता सुनारमाथि लुटपाट भएको छ । कार्यालयबाट काम सकेर घर फर्केने क्रममा आज साँझ ७ बजे तुलसीपुरको गुल्मचोक नजिकै ओम शान्ति सिनेमा हल अघि लुटपाट भएको हो ।
संचारकर्मी सुनारको एक थान एन्ड्रोइड मोबाईल, केहि सुनका गरगहना लगायत लुटपाट भएको हो । बाटोमा हिडिरहेकी उहाँमाथि मोटरसाइकलमा आएका दुई जनाले मोबाईलसहित कानमा लगाएको सुनका गहनासमेत लुटपाट गरेका हुन् ।
घटना भएको स्थान लुम्बिनि प्रदेश प्रहरी कार्यालयको १०० मिटर नजिक हो । घटना लगत्तै प्रहरीले घटनास्थलमा आएर लुटपाट गर्ने समुहको खोजी गरेपनि अझै पत्ता लागेको छैन् ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको र दोषी उम्कन नपाउने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले बताउनुभयो ।
तुलसीपुरमा यसअघि पनि तुलसीपुर–४ माथिल्लो हलवारका भिम पौडेलको एण्ड्रोइड मोवाईल घोराही तुलसीपुर सडक खण्डको मोतिपुर नजिकबाट लुटपाट भएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्