यस वर्षको दशैंका लागि खाद्य संस्थानले प्रतिकिलो ५६० रुपैयाँमा खसी तथा बोका बिक्रीवितरण गर्ने – Kanika Khabar
Tuesday, June 9Nepali News Portal

यस वर्षको दशैंका लागि खाद्य संस्थानले प्रतिकिलो ५६० रुपैयाँमा खसी तथा बोका बिक्रीवितरण गर्ने

    मा प्रकाशित

कनिका खबर
कार्तिक ३, काठमाडौं

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान)ले प्रतिकिलो ५६० रुपैयाँमा खसी तथा बोका बिक्रीवितरण गर्ने भएको छ ।

यस वर्षको दशैंका लागि दाङ र मकवानपुरको मजवानपुरबाट पहिलो पटक खसी तथा बोका काठमाडौं आइपुगेपछि कम्पनीले मूल्य निर्धारण गरेको हो ।

निर्धारित मूल्यअनुसार प्रतिकिलो खसीबोकामा १० छुट दिइने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । उनका अनुसार काठमाडौं आइपुगेका खसी–बोकाको सोमबार बिहान ८ बजेपछि बिक्रीवितरण शुरु हुनेछ ।

तोकिएको मूल्यमा १० रुपैयाँ घटाएर प्रतिकिलो ५ सय ५० का दरमा थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट बिक्रीवितरण हुने कम्पनीले जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयानुसार सरकारी स्वामित्वमा सञ्चालित तीन संस्थानले चाडपर्वलाई लक्ष्य गर्दै सञ्चालन गर्ने सुपथ मूल्यका पसलमा दिइएको छुटस्वरुप खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पहिलो चरणमा दाङबाट २ सय र मकवानपुरबाट २०५ गरी ४०५ खसीबोका काठमाडौं ल्याइएको छ ।

यस वर्ष कम्पनीले २ जिल्लाबाट १ हजार खसीबोका ल्याउने तयारी गरेको छ । मुस्ताङबाट १ हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको कम्पनीले गत वर्षको तुलनामा बढी मूल्य भएपछि अन्तिममा नल्याउने निर्णय भएको जनाइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्