धमाधम दसैं भत्ता फिर्ता गर्दै सांसदहरू – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

धमाधम दसैं भत्ता फिर्ता गर्दै सांसदहरू

    मा प्रकाशित

कनिका खबर
कार्तिक ३, काठमाडौं
महामारीका बेला दसैं भत्ता बुझेको भन्दै आलोचना भएपछि सत्तारूढ र प्रतिपक्षी दलका सांसदहरूले धमाधम भत्ता फिर्ता गर्न थालेका छन् । संसद सचिवालयका अनुसार दुबै संसदका सभामुख, अध्यक्ष, सदस्य गरि ३ सय ३४ जनामध्ये हालसम्म ५ जनाले दशैं भत्ता फिर्ता गरेका छन् । सचिवालयका सह प्रवक्ता दशरथ धमलाले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद गगन थापा र राष्ट्रिय सभाका अध्यक्षले नगद नै फिर्ता गर्नु भएको र बाँकी ३ जनाले भत्ता फिर्ता गर्ने भनेर पत्र दिएको जानकारी दिनुभयो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद भीम रावलले पनि संघीय संसद सचिवालयलाई हिजो पत्र लेख्दै भत्ता कट्टा गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री, सरकारका मन्त्रीहरूबाहेक संसद सचिवालयले यस वर्षको दशैं भत्ताका लागि भन्दै झन्डै २ करोड रकम निकासा गरिसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्