इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम बराबरीमा, क्रिस्टल प्यालेस र ब्राइटनले पनि बराबरी खेले – Kanika Khabar
Friday, March 29Nepali News Portal

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम बराबरीमा, क्रिस्टल प्यालेस र ब्राइटनले पनि बराबरी खेले

    मा प्रकाशित

कनिका खबर
कार्तिक ३, दाङ
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा टोटेनहमले वेस्ट ह्याम युनाईटेडसँग ३–३ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा पहिलो हाफमा लिएको ३–० को अग्रता जोगाउन नसक्दा टोटेनहमले बराबरी खेलेको हो । बराबरीसँगै टोटेनहमले ५ खेलमा ८ अंक जोडेको छ । टोटेनहम तालिकाको छैटौं स्थानमा रहेको छ । वेस्ट ह्याम भने आठौं स्थानमा रहेको छ । वेस्ट ह्यामले ५ खेलमा ७ अंक जोडेको छ । गएराति नै भएको अर्को खेलमा, क्रिस्टल प्यालेस र ब्राइटनले बराबरी खेल्दै अंक बाडेका छन् । क्रिस्टल र ब्राइटनले १–१ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा क्रिस्टलले बराबरीमा चित्त बुझाउनु परेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्