कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या ४० हजार नाघ्यो – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या ४० हजार नाघ्यो

    मा प्रकाशित

कनिका खबर
कार्तिक ३, काठमाडौं
देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या ४० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सम्म देशभर सक्रिय सङ्क्रमितको संख्या ४० हजार ७ सय ७८ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सक्रिय सङ्क्रमित मध्ये १३ हजार ८५१ जना संस्थागत आइसोलेशन र २६ हजार ९२७ होम आइसोलेशनमा रहेको जानकारी दिनुभयो । यस्तै गत २४ घण्टामा ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थपिएका सङ्क्रमित मध्ये २ हजार ३ सय ८८ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका २००८ जना, ललितपुरका २८१ र भक्तपुरका ९९ जना छन् । यससँगै कुल सङ्क्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३ सय ३५ जना सङ्क्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ९४ हजार ५०१ पुगेको प्रवक्ता डा. गौतमले बताउनुभयो । यस्तै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र थप १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्