प्रहरीद्रारा राजमार्गमा बिशेष अप्रेसन सुरु – Kanika Khabar
Saturday, April 20Nepali News Portal

प्रहरीद्रारा राजमार्गमा बिशेष अप्रेसन सुरु

    मा प्रकाशित

कनिका खबर
कार्तिक ४, सिन्धुपाल्चोक
अधिकांश सडक दुर्घटनामा चालकको असावधानी र लापर्वाही देखिएपछि जिल्ला प्रहरी कार्यालयले राजमार्गमा बिशेष अप्रेसन सुरु गरेको छ । ट्राफीक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित सादा पोषाकमा समेत प्रहरी परिचालन गर्दै जिल्ला प्रहरी कार्यालयले अरनिको राजमार्गमा बिशेष अप्रेसन सुरु गरेको हो । लकडाउनका कारण लामो समयसम्म ग्यारेजमा थन्किएका सार्वजनिक यातायातका साधनहरुको यन्त्रिक अवस्थाबारे पनि ट्राफीक प्रहरीले निगरानी बढाएको छ । सवारीका कागजपत्र मात्रै हेर्दै आएका ट्राफीक प्रहरी सवारी साधनका यन्त्रिक अवस्था पनि जाँच गर्न थालेका छन् । सडकमा बस रोक्दै चालकको क्रियाकलापबारे यात्रुहरुसँग समेत सोधपुछ गर्न थालिएको छ । कोरोना कहरका बिच ट्राफीक प्रहरी सवारी चेकजाँचसँगै सचेतनाको अभियानमा जुटेका छन् । बिजयादशमी नजिकिँदै गर्दा अरनिको राजमार्ग र सहायक मार्गहरुमा सवारी साधानको चाप बढेपछि संभावित दुर्घटना रोक्न प्रहरीले अभियान नै सुरु गरेर राजमार्गमा बिशेष अप्रेसन थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले बताउनुभयो । नियम मिच्ने सवारी साधन र चालकलाई यसअघि कार्वाहीस्वरुप जरिवाना मात्रै हुँदै आएकोमा अब प्रहरीले त्यस्ता चालकको अभिलेख समेत राख्ने भएको छ । गतबर्ष दर्शै तिहारका बेला सिन्धुपाल्चोकमा ३ ठूला दुर्घटना भएपछि यसबर्ष प्रहरीले बिशेष अभियान नै लिएर सडकमा खटिएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्