अमेरिकामा कोरोना संक्रमितको संख्या ८४ लाख नाघ्यो, भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख २५ हजार – Kanika Khabar
Friday, January 23Nepali News Portal

अमेरिकामा कोरोना संक्रमितको संख्या ८४ लाख नाघ्यो, भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख २५ हजार

    मा प्रकाशित

कनिका खबर
कार्तिक ४, दाङ
अमेरिकामा कोरोना संक्रमितको संख्या ८४ लाख नाघेको छ ।

मंगलबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ५७ हजार ३२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ८४ लाख ५६ हजार ६५३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५५ लाख ३ हजार २६८ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २७ लाख २८ हजार १६३ जनामध्ये १५ हजार ५०१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख २५ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार मंगलबार थप ४४२ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख २५ हजार २२२ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्