नेपालमा पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना भाइरसको संक्रमित, ८ को मृत्यु – Kanika Khabar
Saturday, January 24Nepali News Portal

नेपालमा पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना भाइरसको संक्रमित, ८ को मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक ४, काठमाडौं

नेपालमा पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार उक्त जानकारी दिएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १३ हजार ८६१ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४१ हजार ७५५ रहेको छ ।

यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ थियो ।

पछिल्लो २४ घण्टामा थप २१०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९६ हजार ६०९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९४ हजार ५०१ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७६५ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्