कोरोना सङ्क्रमितको उपचार र शव व्यवस्थापनबाट सरकार पछि हट्नु हुँदैनः मानवअधिकार आयोग – Kanika Khabar
Thursday, March 28Nepali News Portal

कोरोना सङ्क्रमितको उपचार र शव व्यवस्थापनबाट सरकार पछि हट्नु हुँदैनः मानवअधिकार आयोग

    मा प्रकाशित

कनिका खबर
कात्तिक ४, काठमाडौं
राष्ट्रिय मानव अधिकार आयोगले कोरोना संक्रमणको उपचार सम्बन्धी सरकारले गरेको व्यवस्था संविधान विपरित रहेको बताएको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ का बिरामीहरुको उपचार खर्च नव्यहोर्ने र होम आइसोलेसनमा मृत्यु हुनेको शव व्यवस्थापन नगर्ने सरकारको निर्णय संविधानविपरीत भएको बताएको हो । संविधान तथा ऐनका व्यवस्था विपरीत कोभिड–१९ जस्तो विश्वव्यापी महामारीबाट आक्रान्त नागरिकको उपचारबाट सरकार पन्छिन नमिल्ने आयोगको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक २ गतेदेखि आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने र बाँकीको खर्च लाग्ने निर्णय गरेको थियो । नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक दिएको र जानस्वास्थ सेवा ऐन, २०७५ को दफा २ (ख) मा सरुवा रोगको उपचार सम्बन्धी आधारभूत सेवा निशुल्क रुपमा प्राप्त हुने व्यवस्था रहेको आयोगले स्मरण गराएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्