बबई नदीमा डुवेर एक बालिकाको मृत्यु – Kanika Khabar
Saturday, January 17Nepali News Portal

बबई नदीमा डुवेर एक बालिकाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कात्तिक ४, दाङ
बबई नदीमा डुवेर दाङमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर १४ लुहाडबरा निवासी रत्न चौधरीकी ७ वर्षीय छोरी कृतिका चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । आज दिउँसो आमाछोरी बबई नदीमा कपडा धुन गएको समयमा छोरीको डुवेर मृत्यु भएको प्रहरीले बताएको छ । मृतक बालिकाको आमाले कपडा धुदै गर्दा छोरी बबई नदीमा खसेर डुवेको अवस्थामा थाहा पाएपछि तत्काल उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्