झकिझकाउ रानीपोखरी, लोभलाग्दो रानीपोखरी – Kanika Khabar
Friday, April 26Nepali News Portal

झकिझकाउ रानीपोखरी, लोभलाग्दो रानीपोखरी

    मा प्रकाशित

कनिका खबर
कार्तिक ५, काठमाडौं
भूकम्पले भत्किएको ऐतिहासिक रानीपोखरी पुनर्जीवित भएको छ ।

भूकम्पले भत्काएको पाँच वर्षपछि पूर्ववत अवस्थामा पुगेको रानीपोखरी झकिझकाउ भएको छ । रंगरोगन, बत्ती जडान गरेर सिंगारपटार गरिएको रानीपोखरी पाँच वर्षपछि लोभलाग्दो भएको छ ।

१८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ माघ २ गते शिलान्यास गरेको रानीपोखरी राष्ट्रपति भण्डारीबाटै आजै उद्घाटन हुन लागेको हो ।

यसअघि गएको वैशाख १२ गते तथा संविधान दिवसका दिन असोज ३ मासमेत उद्घाटनको तयारी भए पनि कोरोनाका कारण ढिलो भएर रानीपोखरी उद्घाटन हुन सकेको थिएन ।

२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्‍न भएकाले बुधबार उद्घाटन गर्न लागिएको सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले बताए ।

यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट ९शिखर० शैलीमा पुनर्निर्माण गरिएको छ ।

आज राष्ट्रपतिले रानीपोखरी उद्घाटन गरेसँगै सबैका लागि खुला हुनेछ । बालगोपालेश्वर ९यमलेश्वर० मन्दिर परम्परागत मान्यता अनुसार यस वर्षको एक दिन भाइटीकामा खुल्ने छ ।

बगैँचा तथा पोखरीको सुरक्षामा केही समय रानीपोखरीमा सुरक्षाकर्मीसमेत खटाइने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्