नेकपाभित्र फेरि नयाँ विवाद, कर्णालीका विषयमा बालुवाटार र खुमलटारको फरक फरक विज्ञप्ती – Kanika Khabar
Sunday, March 15Nepali News Portal

नेकपाभित्र फेरि नयाँ विवाद, कर्णालीका विषयमा बालुवाटार र खुमलटारको फरक फरक विज्ञप्ती

    मा प्रकाशित

कनिका खबर
कात्तिक ५, काठमाडौं
कर्णालीको विवाद मिलाउने विषयमा नेकपाभित्र फेरि नयाँ विवाद सिर्जना भएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो छलफल भएको थियो । छलफलमा कर्णाली प्रदेशको विवाद सुल्झाउन चार बुँदे सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले बताउनुभयो । थापाले विज्ञप्ती मार्फत् दिएको जानकारी जस्तै दुई अध्यक्षबीच सहमति नभएको भन्दै प्रचण्डका प्रेस सल्लाहाकार विष्णु सापकोटाले बताउनुभएको छ । बालुवाटार र खुमलटारबाट फरक फरक विज्ञप्ती आएपछि दुबै अध्यक्षबीच देखिएको टसल सार्वजनिक भएको हो । हिजो भएको छलफल अनुसार कर्णाली प्रदेशको विवाद प्रदेशले नै मिलाउने गरी सहमति भएको र बाहिर आएजस्तो अन्य विषयमा सहमति नभएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले सीआईएनसँग बताउनुभयो । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध दलकै नेताहरुले अविश्वासको प्रस्ताव दर्ता गराएपछि त्यहाँ विवाद सुरु भएको थियो । सोही विवाद सल्टाउन कर्णालीका मुख्यमन्त्रीसहित नेताहरुलाई नेतृत्वले काठमाडौं बोलाएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्