वडा कार्यालय भवन निर्माण – Kanika Khabar
Sunday, January 18Nepali News Portal

वडा कार्यालय भवन निर्माण

    मा प्रकाशित

कनिका खबर
कात्तिक ५, नुवाकोट
नुवाकोटको पूर्वी भेगमा रहेको शिवपुरी गाउँपालिका वडा नं ६ को भवन निर्माण गरिएको छ । शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले नवनिर्मित वडा कार्यालयको भवनको उद्घाटन गर्नुभएको छ । वडा कार्यालयको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष थापाले सबै वडा कार्यालयलाई पूर्वाधार सम्पन्न बनाएर लैजाने बताउनुभयो । अध्यक्ष थापाले जनप्रतिनिधी आईसकेपछि शिवपुरीको विकासमा गति देखिएको दाबी गर्नुभयो । भवन निर्माण भएसँगै सो वडा कार्यालय भञ्ज्याङ्गथोक्स्थित नयाँ भवनमा सरेको छ । वडाध्यक्ष लालवहादुर तामाङले अब वडाबासीलाई चुस्त दुरुस्त र सजिलो गरी सेवा प्रदान गर्न सकिने बताउनुभयो । यसअघि, साघुँरो ठाउँमा सेवा दिंदा सेवाग्राहीलाई समेत समस्या भइरहेको उहाँका भनाइ छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्