चन्द्रपुरका शिक्षकहरुको १० लाख रकम नगरपालिकाको कब्जामा – Kanika Khabar
Friday, March 29Nepali News Portal

चन्द्रपुरका शिक्षकहरुको १० लाख रकम नगरपालिकाको कब्जामा

    मा प्रकाशित

कनिका खबर
कात्तिक ५, रौतहट
रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा सञ्चालित ४६ ओटा विद्यालयका ३ सय १५ शिक्षकहरुबाट कोरोनाको नाममा उठाइएको १० लाख भन्दा बढी रकम सरकारको कोषमा जम्मा नभएको खुलासा भएको छ । गत चैत्रमा स्थानिय शिक्षकहरुबाट चन्द्रपुर नगरपालिकाले प्रावि शिक्षकका ३ दिन , निमावि शिक्षकका ५ दिन र मावि शिक्षकका ७ दिन बराबरबो तलव उठाइएको थियो । नगरपालिकाले शिक्षकहरुको तलव कोरोना नियन्त्रणका लागी भन्दै १० लाख भन्दा बढी रकम उठाइएका थिए तर त्यो रकम कुन कोषमा छ भन्ने अहिलेसम्म हिसाब किताब समेत सार्वजनिक गर्न सकेको छैन । यसरी उठाइएको रकम नेपाल सरकारको कोभिड रोकथाम तथा उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था नेपाल सरकारले गरेको छ । चन्द्रपुर नगरपालिकाको शिक्षा शाखाका उपसचिव कृष्ण सिग्देलको आदेशमा नगर क्षेत्रका शिक्षकहरुबाट रकम उठाइएको शिक्षकहरुले बताएका छन् । चन्द्रपुर नगरपालिकाका १२ मावि, ११ निमावि र २३ प्राविका ३ सय १५ शिक्षकको तलबबाट उक्त रकम उठाइएको हो । रौतहटका १८ स्थानिय तहहरु मध्ये चन्द्रपुर नगरपालिकामा मात्र शिक्षकको तलब कट्टा गरि रकम उठाइएको थियो । चैत महिनाको तलबबाट पैसा काटिएको रकम कहाँ कुन प्रयोजनका लागी खर्च भएको हो सोको जानकारी दिनु पर्ने जनज्योति मावि चन्द्रनिगाहपुरका सहप्रधानाध्यापक देवनारायण हुमागाईंले बताउनु भयो । आफुले यसबारे शिक्षा शाखाका उपसचिव कृष्ण सिग्देलमा सोधपुछ गरेको बताउनु हुदै सरकारले तोकेको उपचार कोषमा जम्मा नगरि आफुखुशी अन्यत्र राख्न नपाउने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । चन्द्रपुर नगरपालिकाको शिक्षा शाखाका अधिकृत दीपेन्द्र मण्डलले १० लाख २६ हजार रकम उठाइएको बताउनु भएको छ । आफुले पनि कोरोना नियन्त्रणका नाममा शिक्षकको तलबबाट रकम कट्टा नगरौं भनेको तर उठाइसकेपछि पनि चौमासिकका बेला फिर्ता गर्न सिग्देललाई अनुरोध गर्दा सो कुराको सुनवाइ नभएको मण्डलले बताउनु भयो । उपसचिव सिग्देलले शिक्षकबाट उठाइएको रकम विपत् व्यवस्थापनको खातामा जम्मा भएको र अहिलेसम्म खर्च नभएको बताउनु भएको छ । उक्त रकम कोरोना उपचार कोषमा जम्मा हुन नसकेको लेखा अधिकृत कीर्ति सुवेदीले बताउनु भयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्