प्रहरीलाई गोली हान्न खोज्ने भारतीय नागरिक पक्राउ – Kanika Khabar
Friday, April 17Nepali News Portal

प्रहरीलाई गोली हान्न खोज्ने भारतीय नागरिक पक्राउ

    मा प्रकाशित

कनिका खबर
कार्तिक ६, बारा
प्रहरीलाई गोली हान्न खोज्ने एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गोली हानेर पक्राउ गरेको हो । हिजो दिउँसो साढे ३ बजे सिम्रौनगढ नगरपालिका वडा नम्बर– ९ सानो बंकुलमा ड्युटिमा रहेका प्रहरीमाथि पेस्तोल हान्न खोज्ने भारतीय नागरिक २८ वर्षका बृजकिशोर कुशवाहलाई गोली हानेर घाइते बनाएपछि पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका कुशवाहमाथि शंका लागि रोक्न खोज्दा प्रहरीमाथि नै उनले पेस्तोल हानेका थिए । तर उनको पेस्तोल पड्किएन । प्रहरीले ३०३ राइफलबाट १ राउण्ड फायर गर्दा बाँया पाखुरामामा गोली लागेर घाइते बनेका कुशवाहालाई नियन्त्रणमा लिइएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । कुशवाहाको अवस्था सामान्य रहेको र उनको साथबाट पेस्तोल र त्यसमा लोड भएको ४ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्