‘रअ’ का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको पुष्टि – Kanika Khabar
Tuesday, January 20Nepali News Portal

‘रअ’ का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको पुष्टि

    मा प्रकाशित

कनिका खबर
कात्तिक ६, काठमाडौं

भारतीय गुप्तचर संस्था (रिसर्च एण्ड एनालाइसिस विङ ‘रअ’) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल आएका रअ प्रमुखले प्रधानमन्त्री ओलीलाई भेटेको पुष्टि गरेका हुन् । थापाका अनुसार हिजो बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा रअ प्रमुख गोयलले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका हुन् ।

भेटका क्रममा गोयलले नेपाल(भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेको सल्लाहकार थापाले सामाजिक सञ्‍जालमार्फत जानकारी दिएका छन्।

थापाले लेखेका छन्, ‘भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ९रअ० का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ । उहाँ भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो । भेटका क्रममा उहाँले नेपाल(भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राख्नु भयो ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्