कनिका खबर
कार्तिक ६, धादिङ
२०७२ साल बैशाख १२ गतेकोे विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका धादिङ जिल्लाका ९ हजार १ सय २१ घरधुरीको सर्वेक्षण गरिएको छ । लाभग्राही सूचीमा परेका कुल ७९ हजार ६ सय ५१ घरधुरी रहेका छन् भने प्रबलीकरण सूचीमा परेका लाभग्राही संख्या २ हजार ३ सय ५९ रहेको छ । अहिलेसम्म अनुदान सम्झौता सम्पन्न संख्या भने ७७ हजार ६ सय २ रहेको छ । भूकम्पका कारण १६ बर्षमुनिका नाबालक, एकल महिला, घरमुली भएका ६५ बर्षभन्दा माथिका र अपाङ्गता घरमुली भएका रातो कार्ड भएको, ७५ बर्ष माथिका बृद्धबृद्धाहरु घरमुली भएका लाभग्राहीको संख्या १ हजार ८ सय २९ रहेको छ भने भूमिहीन लाभग्राहीहरुको संख्या १ सय २३ रहेको छ ।
मा प्रकाशित


