कनिका खबर
कार्तिक ७, दाङ
नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले हिन्दु धर्माबलम्बीहरुको महान पर्व बडादशैँको शुभकामना ब्यक्त गरेका छन् । उनले एक शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एबं समृद्धिको कामना गरेका छन् । साथै बिजया दशमीले विश्वभर महामारीका रुपमा फैलिईरहेको कोरोनालाई परास्त गर्न सकोस् भन्दै कामना समेत गरेका छन् । ‘लामो समय देखि कोरोनाको संक्रमणका कारण हामीहरु अधिक त्रासदीमा बाँच्नु परिरहेको छ,’ कांग्रेस केन्द्रीय सदस्य चौधरीले भनेका छन् ‘बडादशैँले यो महामारीको अन्त्य गरिदिओस्,हामी सबै नागरिक भयरहित वातावरणमा बस्न सकौँ ।’ नेपाली कांग्रेसको कोभिड अनुगमन समितिका सदस्य समेत रहेका चौधरीले भने दशैँ पर्व घरभित्रै सिमित रहि मनाउन पनि सबैमा आग्रह गरेका छन् । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा प्रति सचेत रहि दशैँ पर्व मनाउनु पर्ने भन्दै उनले भनेका छन् ‘सबैभन्दा ठूलो कुरा भनेको हाम्रो स्वास्थ्य हो, स्वास्थ्य प्रति हामी सबै सचेत र गम्भिर बनौँ , अहिलेको महामारीका बेला हामी जहाँ छौँ, जस्तो अवस्थामा छौँ, त्यहिँ बसेर दशैँ मनाऔँ ।’ उनले दशैँमा भीडभाड गरेर आफ्नो अनि परिवार तथा सिंगो समाजलाई कोरोनाबाट असुरक्षित पार्ने उच्च खतरा प्रति सबै सचेत बन्नु पर्नेमा जोड दिएका छन् ।


