विश्वभर एकैदिन ४ लाख ७७ हजारभन्दा बढीमा संक्रमण पुष्टि – Kanika Khabar
Thursday, May 21Nepali News Portal

विश्वभर एकैदिन ४ लाख ७७ हजारभन्दा बढीमा संक्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
कार्तिक ७, दाङ

विश्वभर एकैदिन ४ लाख ७७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ७७ हजार ७५१ जनामा संक्रमण भएसँगै यो समाचार तयार पार्दासम्म संक्रमित संख्या ४ करोड १९ लाख ७४ हजार १ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ७३ हजार ७२ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड ११ लाख ८१ हजार ८०१ पुगेको छ ।

यस्तै एकै दिन थप ६ हजार ४६४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ४२ हजार १६१ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ८६ लाख ६१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७७ लाख ५९ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५३ लाख ३२ पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४५ हजार ५०८ जनाको मृत्यु भएको छ । ७७ लाख ५५ हजार ४८८ जना संक्रमित भएकोमा ३३ लाख ४५ हजार ८२० जना संक्रमणमुक्त भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्