विपत्तिमा जनताले अभिभावक गुमाएको अनुभव गर्दैछन्ः पूर्वराजा शाह – Kanika Khabar
Tuesday, November 17Nepali News Portal

विपत्तिमा जनताले अभिभावक गुमाएको अनुभव गर्दैछन्ः पूर्वराजा शाह

    मा प्रकाशित

कनिका खबर
कार्तिक ७, काठमाडौं
पूर्वराजा ज्ञानेन्द्र शाहले विपत्तिमा जनताको जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत हुन नसकेको बताउनुभएको छ । दशैंको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले जिम्मेवार पक्षबाट जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत नहुँदा जनताको दैनिकी कष्टकर बन्दै गएको बताउनुभएको छ । संकटको घडीमा अभिभावकको क्षमता र हैसियत प्रष्ट हुन्छ भन्ने आम मान्यता रहेको भन्दै उहाँले नेपाली जनता अभिभावकविहीन बनेको पीडाबोध भइरहेको उल्लेख गर्नुभयो । रोजगारीका लागि विदेश गएकाहरु संकटमा रहेको र देशभित्रै श्रम र सीप सदुपयोग गर्ने बन्दोबस्त नभएको उहाँले बताउनुभयो । राहत, रोजगारी र रोगको उपचार खोज्दै भौतारिएकाहरुलाई भरपर्दो आड भरोसा चाहिएको शाहले शुभकाना सन्देशमा उल्लेख गर्नुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्