कनिका खबर
कार्तिक ७, काठमाडौं
नुवाकोटको सुर्यगढी गाउँपालिकाका ३ जना वडा अध्यक्षसहित ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएको छ । सङ्क्रमण पुष्टि हुनेमा गाउँपालिका वडा नंं. १, २ र ३ का तीनका वडाध्यक्ष, कर्मचारी र स्थानियबासी रहेका छन् । सङ्क्रमित जनप्रतिनिधीहरु तथा कर्मचारीहरु होम आईसोलेसनमा बसेको र सामान्य रुघाखोकीबाहेक अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार नुवाकोटमा दुई सय १३ जना सक्रिय सङ्क्रमित रहेकोमा अधिकांश होम आइसोलेसनमा रहेका छन् । त्यस्तै नुवाकोटका एकसय ५२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् । जिल्लामा हालसम्म एक जना कोरोना सङ्क्रमितको मात्रै मृत्यु भएको छ ।
मा प्रकाशित


