एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने

    मा प्रकाशित

कनिका संवाददाता

वैशाख ३०, काठमाडौं ।

दिनानुदिन काेराेना संक्रमितकाे सङ्ख्या बढ्दै जान थालेपछि सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जान पूर्ण निशेध गरेकाे छ ।गृह मन्त्रालयले सवारी पास लिएकाहरूलाई समेत फरक जिल्लामा प्रवेश गर्न राेक लगाएकाे छ ।

यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए । अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको अधिकारीको भनाइ छ । सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्