अमेरिकामा निर्वाचन हुन १२ दिन बाँकी, चुनाब अघिको अन्तिम बहस सकियो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

अमेरिकामा निर्वाचन हुन १२ दिन बाँकी, चुनाब अघिको अन्तिम बहस सकियो

    मा प्रकाशित

कनिका खबर
कार्तिक ७, दाङ
अमेरिकी राष्ट्रपतिको निर्वाचन हुन १२ दिन बाँकी रहँदा राष्ट्रपति ट्रम्प र डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडनबीच चुनावअघिको अन्तिम बहस सम्पन्न भएको छ । टेनेसी राज्यको नास्भिलमा भएको बहसका लागि तोकिएका विषयमा कोभिड–१९ विरूद्धको लडाइ, अमेरिकी परिवार, जातीय मुद्दा, जलवायु परिवर्तन, राष्ट्रिय सुरक्षा र नेतृत्व थिए । बहसमा दुबै नेताले कोरोना महामारी, चीन, ईरान, रुसलगायतका मुद्दामाथि आ–आफ्नो तर्क अब्बल र विपक्षीलाई कमजोर देखाउन प्रयत्न गरे । बहसमा जो बाइडेनले कोभिड–१९ को महामारीबाट सृजित समस्या समाधान गर्न ट्रम्प प्रशासन असफल रहेको आरोप लगाउनुभयो । अमेरिकामा यी दुइ बीच कडा प्रतिस्पर्धा देखिने अमेरिकि सञ्चार माध्यमहरुले जनाएका छन् । बाइडेन १२ प्रतिशतले ट्रम्पभन्दा अगाडी रहेको सर्भेक्षणहरुले देखाएका छन् । सन् २०१६ को निर्वाचनमा ट्रम्पको पक्षमा देखिएका राज्यहरुमा बाइडेनको पकड देखिएको मतदान अघिका सर्भेक्षण नतिजाहरुमा देखिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्