पाँच महिने बालिकासहित थप चार कोरोना संक्रमितको मृत्यु भएको – Kanika Khabar
Tuesday, August 18Nepali News Portal

पाँच महिने बालिकासहित थप चार कोरोना संक्रमितको मृत्यु भएको

    मा प्रकाशित

कनिका खबर
कार्तिक ८, काठमाडौं
पाँच महिने बालिकासहित थप चार कोरोना संक्रमितको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पाँच महिने कोरोना संक्रमित बालिकाको मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैचा नगरपालिकाकी पाँच महिने बालिकाको शुक्रबार राति प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डाक्टर आशिष श्रेष्ठका अनुसार शुक्रबार कोरोना पोजेटिभ देखिएकी बालिकाको उपचार क्रममा साँझ मृत्यु भएको हो ।

बालिकामा ब्रेनसँग सम्बन्धित हाइपोक्सिक इसेमिक इन्सेसाइप्याथी भएको श्रेष्ठले बताए ।

यस्तै बुटवलमा थप एक संक्रमितको मृत्यु भएको छ ।

कोरोना विशेष अस्पतालमा शनिबार बिहान एक संक्रमितको मृत्यु भएको हो । तिलोत्तमा नगरपालिका–७ का ७५ वर्षीय वृद्धको मृत्यु भएको हो ।

कात्तिक ५ गते कोरोना पुष्टि भएका ती वृद्धलाई कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो ।

उनको उपचारकै क्रममा शनिबार बिहान ७स्४५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले बताए । योसँगै रूपन्देहीमा कोरोनाले मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।

बाँके र दाङमा पनि थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाँकेको नेपालगञ्जमा ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका-१, धम्बोझीका ५० वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

असोज २६ गते कोरोना पुष्टि भएपछि असोज २७ मा भेरी अस्पतालमा भर्ना भएका ५० वर्षीय पुरुषको शुक्रबार राति १० बजे मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

यस्तै, होम आइसोलेसनमा बसेका दाङका एक संक्रमित पुरूषको पनि मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ घर भएका ५३ वर्षीय संक्रमित पुरुषको शुक्रबार होम आइसोलेसनमै मृत्यु भएको कोरोना विशेष अस्पताल बेलझुण्डीले जानकारी दिएको छ ।

ती पुरूष मालपोत कार्यालय घोराहीमा कार्यरत रहेको समेत खुलेको छ । उनमा कात्तिक ४ गते कोरोना पुष्टि भएको थियो ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्