कपिलवस्तुमा पोखरीमा डुबेर दुई जनाको मृत्यु – Kanika Khabar
Wednesday, March 11Nepali News Portal

कपिलवस्तुमा पोखरीमा डुबेर दुई जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक ८, कपिलवस्तु

कपिलवस्तुमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । शनिवार विहान कमलको फूल टिप्न गएका दुई युवा माहाराजगञ्ज नगरपालिका वडा ५ मा रहेको मतखनवा पोखरीमा डुबेर मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ । मृत्यु हुनेमा माहाराजगञ्ज नगरपालिका वडा ५ निवासी ३२ वर्षीय अशोक कुमार पाठक र सोहि वडा निवासी २६ बर्षीय करम हन्स पाठक रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो । बिहानै पुजाको लागि फुल टिप्न गएका उनीहरु पोखरी डुबेको थाहा पाएपछि स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुग्दा एक जनाको शव स्थानियले पोखरी बाट बाहिर निकालिसकेको र एक जनाको प्रहरीले निकालेको भण्डारीले बताउनुभयो । दुई जनाको शवलाई पोष्टमार्टका लागि शिवराज अस्पताल बहादुरगञ्ज लगिएको उहाँले जनाउनुभयो । घटना बारे थप अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्