खिजीकातीमा एकल पुरुषलाई पनि मासिक भत्ता दिन थालियो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

खिजीकातीमा एकल पुरुषलाई पनि मासिक भत्ता दिन थालियो

    मा प्रकाशित

कनिका खबर
कार्तिक ८, ओखलढुंगा
ओखलढुंगाको खिजीकातीका एकल पुरुषलाई भत्ता दिन थालिएको छ । जिल्लामै पहिलो पटक खिजीदेम्बा गाउँपालिका ४ नम्बर वडा कार्यालयले एकल पुरुषलाई भत्ता दिन थालेको हो । ७० वर्ष माथिकाले जेष्ठ नागरिक भत्ता पाउने भएपनि भत्ता पाउने उमेर नपुगका एकल पुरुषहरु साहारा विहिन बनेकाले उनीहरुलाई वडाको बजेटबाट मासिक ५०० आर्थिक सहयोग गरेर सम्बोधन गरिएको वडा अध्यक्ष कमलप्रसाद न्यौपानेले बताउनुभयो । ज्येष्ठ नागरिक, एकल महिला, असहाय तथा दलित बालबालिका र अपाङ्गता भएकाहरुलाई सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता वितरणसँगै एकल पुरुषलाई पनि मासिक भत्ता वितरण गर्न थालिएको अध्यक्ष न्यौपानेको भनाई छ । ‘हामी घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता बाड्छौं । ७० वर्ष माथिकालाई भत्ता दिइरहँदा त्यो उमेर नपुगेका साहारा विहिन एकल पुरुषहरुको पीडा असाध्यै दुःख लाग्दो पाईयो । त्यसैले वडाबाट विशेष कार्यक्रम बनाएर एकल पुरुष भत्ताको कार्यक्रम ल्याएको हुँ ।’ वडा अध्यक्ष न्यौपानेले भन्नुभयो । यो वर्षबाट खिजीकातीका ६० देखि ६९ वर्ष उमेरका ७ जना एकल पुरुषले मासिक ५०० का दरले एकल पुरुष भत्ता खान थालेका छन् । जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता सँगै वडाले एकल पुरुषलाई यसवर्षको मासिक भत्ता वापत पाउने ६ हजार रकम वितरण गरिसकेको छ । खिजीदेम्बा ४ मा १५ जना एकल पुरुष छन् । उनीहरु मध्ये ८ जना ६० वर्ष मुनिका छन् । ६० वर्ष मुनिका एकल पुरुषहरु आफैं सक्षम हुने भएकाले ६०–६९ वर्षका एकल पुरुषलाई मात्रै मासिक भत्ता दिन थालिएको हो । ७० वर्ष पुगेपछि सरकारको नियमित सामाजिक सुरक्षा भत्तामा सहभागी गराईने वडाले जनाएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्