करिब १ महिना देखी नेपाल टेलिकमको सेवा अबरुद्ध – Kanika Khabar
Tuesday, August 18Nepali News Portal

करिब १ महिना देखी नेपाल टेलिकमको सेवा अबरुद्ध

    मा प्रकाशित

कनिका खबर
कार्तिक ८, हुम्ला
हुम्लाको दक्षिणी र मुगुको उत्तरी क्षेत्रमा रहेका ५ वटा गाउँपालिकामा टेलीफोन सेवा अबरुद्ध भएको छ । अदानचुली, ताँजाकोट, सोरु , सर्केगाड गाउँपालिकामा करिब १ महिना देखी टेलिफोन सेवा अवरुद्ध भएको हो । एक महिना देखि आफुहरु टेलिफोन सेवाको पहुँचबाट टाढा रहेको स्थानीयहरुले बताएका छन् । मुगुको सोरु स्थीत भिई र सोरुकोटमा रहेका २ वटै टावरहरु पुर्णरुपमा अबरुद्ध हुँदा सोरु गाउँपालिकाका सबै नागरिकहरु टेलीफोन सेवाबाट बञ्चित भएको सोरु गाउँपालिकाका बिनोद शाहीले जानकारी दिनु भयो । यता ताँजाकोट गाउँपालिकाको चिहिमा रहेको टावरले पनि कुनै काम नगरे पछि ताँजाकोट गाउँपालिकाका नागरिक पनि सञ्चार सेवाबाट बञ्चित भएका छन् । हुम्लाकै अदानचुली गाउँपालिकामा रहेका श्रीनगर र कालीकामा रहेका दुबै टावरहरु असोज २० गतेबाट सञ्चालनमा छैनन् भने चंखेली गाउँपालिकाको मेल्छाममा भएको टावरले पनि कुनै काम नगरे पछि हुम्ला जिल्लाको आधा भन्दा धेरै नागरिकहरु उक्त सेवाबाट बञ्चित भएका छन् । मर्मतको लागि सम्बन्धी निकायलाई जानकारी गराउने अरु माध्ययम नै नभएको गाउँपालिकाहरुले बताएका छन् । सञ्चारको अन्य कुनै माध्यम नहुँदा काठमाडौ नेपालगञ्जबाट आउने बालबच्चाहरु बिचल्लीमा परेको स्थानीयले बताएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्