चाडबाडको समयमा हुने ठगी र चोरी रोक्न प्रहरीको विशेष सुरक्षा योजना – Kanika Khabar
Saturday, August 15Nepali News Portal

चाडबाडको समयमा हुने ठगी र चोरी रोक्न प्रहरीको विशेष सुरक्षा योजना

    मा प्रकाशित

कनिका खबर
कार्तिक ९, काठमाडौं
दसैँतिहार, छठलगायतका महत्वपूर्ण चाडबाडको समयमा हुने चोरी, ठगी तथा अवाञ्छित गतिविधि रोक्न प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । काठमाडौँ उपत्यकासहित देशभरमा लागु हुने गरी सुरक्षा योजना कार्यान्वयमा ल्याइएको नेपाल प्रहरीले जनाएको छ । भीडभाड हुन नदिने, बिभिन्न बसपार्कहरुमा यात्रुलाई ठगिन नदिने, बढी भाडा लिनेहरूलाई कारबाहीका लागि सुरक्षा योजना बनाइएको ट्राफिक महाशाखा प्रमुख भीमप्रसाद ढकालले सीआईएनसँग बताउनुभयो । योजना अन्तर्गगत बिभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको र यातायात व्यवसायी र बसकाउन्टरमा काम गर्ने कर्मचारीको परिचयपत्रमा कडाइ गरिएको छ । अनुगमनको लागि ३२ जनाको ८ वटा टोली परिचालन गरिएको महाशाखा प्रमुख ढकालले जानकारी दिनुभयो । सुरक्षा योजना कार्यान्वयनमा आएपछि दैनिक ३०÷४० जना बस व्यवसायी र चालक, सहचालक कारबाहीमा पर्ने गरेका छन् । दुर्घटना रोक्नका लागि काठमाडौँ उपत्यका बाहेकका बाहिरी जिल्लामा पनि मादक पदार्थ सेवन गरेको वा नगरेको थाहा पाउन जाँग भइरहेको प्रहरीले जनाएको छ । नोबेल कोरोना भाइरसको महामारीका कारण यो वर्ष गत सालको तुलनामा एक चौथाइ मात्र सवारीसाधन उपत्यकाबाट बाहिरिने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्