गरिवी निवारण लागि लघु उद्यम विकास कार्यक्रम स्थानीय तहबाटै सञ्चालन हुने – Kanika Khabar
Saturday, January 17Nepali News Portal

गरिवी निवारण लागि लघु उद्यम विकास कार्यक्रम स्थानीय तहबाटै सञ्चालन हुने

    मा प्रकाशित

कनिका खबर
कार्तिक ९, काठमाडौं
गरिवी निवारण लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा स्थानीय तहबाट सञ्चालन हुने भएको भएको छ । चालु आर्थिक वर्ष ०७७/०७८ मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा लक्ष्य सहित सशर्त अनुदानमा सवै ७ सय ५३ वटै स्थानीय तहमार्फत सञ्चालन हुने गरि सरकारको नीति तथा कार्यक्रम स्वीकृत भएको उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयले जनाएको हो । कार्यक्रम सञ्चालन ढाँचा र प्रकृयालाई व्यवस्थित बनाउन र सबै स्थानीय तहमा कार्यक्रम सञ्चालन एकरुपता कार्यम गर्न सशर्त अनुदानमा आधारित मेड्पा कार्यक्रम सञ्चालन निर्देशिका स्विकृत पनि भइसकेको मन्त्रालयका सहसचिव एवम प्रवक्ता डाक्टर नारायण रेग्मीले सीआइएनलाई जानकारी दिनुभयो । निर्देशिकाले लघु उद्यम विकास कार्यक्रमलाई एउटा नमूना कार्यक्रमका रुपमा स्थानीयस्तरदेखि नै सञ्चालन गर्ने लक्ष्य लिएको छ । जनप्रनिनिधि, सम्बन्धित कर्मचारी र सेवा प्रदायक संस्था वा सरोकारवाला निकायको लघु उद्यम विकास ढाँचामा प्रत्येक चरणमा स्पष्ट भूमिका तोकी लघु उद्यमको विकास गरी गरिवी निवारणमा टेपा पु¥याउने अपेक्षा गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्