पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ३३३६ जना कोरोना संक्रमणमुक्त, ५ जना कोरोनाको कारण मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ३३३६ जना कोरोना संक्रमणमुक्त, ५ जना कोरोनाको कारण मृत्यु

    मा प्रकाशित

कनिका खबर
कर्तिक ९,काठमाडौं

नेपालमा पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४५ हजार ५७२ रहेको छ ।

यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २३३ थियो ।

पछिल्लो २४ घण्टामा थप ३३३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ११ हजार ६७० पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ८ हाजार ३३४ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८४७ पुगेको छ ।

यस्तो छ स्वास्थ्य मन्त्रालयको विवरण

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्