अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ८८ लाख नाघ्यो – Kanika Khabar
Friday, April 26Nepali News Portal

अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ८८ लाख नाघ्यो

    मा प्रकाशित

कनिका खबर
कार्तिक ९, दाङ
अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ८८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप ७९ हजार ४४९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना सङ्क्रमित संख्या ८८ लाख २७ हजार ९३२ पुगेको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ५७ लाख ४१ हजार ६११ जना सङ्क्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २८ लाख ५६ हजार २५३ जनामध्ये १६ हजार ३६९ जनाको अवस्था गम्भीर रहेको कोरोना सम्बन्धि अपडेट दिदै आएको वल्डमिर्टरसले जनाएको छ । यस्तै कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको संख्या २ लाख ३० हजार नाघेको छ । अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या २ लाख ३० हजार ६८ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्