आफ्नै साथीको हत्या गरेको आरोपमा दुई पक्राउ – Kanika Khabar
Friday, January 21Nepali News Portal

आफ्नै साथीको हत्या गरेको आरोपमा दुई पक्राउ

    मा प्रकाशित

कनिका खबर
कार्तिक ९, दाङ
भक्तपुर नगरपालिका १ ईटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक शाहीव हुसैनको हत्याको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ परेका दुवैजना भारत उत्तर प्रदेश मुरादाबाद कुन्दरकी घर भएर भक्तपुर बस्दै आएका हुन्।

भक्तपुर ईटापाको मेटल कारखानामा बस्ने १९ वर्षीय सानु अन्सारी र भारत उत्तर प्रदेश मुरादाबाद मोहलपुर घर भई हाल सोही कारखाना बस्ने २३ वर्षीय सलमान खान पक्राउ परेको महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिइन्।

शनिबार राति करिब ९ बजे तीन जनासँगै बसेर मदिरा सेवन गरेको र सोही क्रममा सलमानकी प्रेमिकालाई शहीदले अपशब्द प्रयोग गरेपछि कोठामा फर्कने क्रममा खान र अन्सारीले ढुङ्गा तथा इँटाले मुख र टाउकोमा हानेर हत्या गरी नर्कटघारीमा शव खसालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

आइतबार बिहान पैदलयात्रीले शव देखेर प्रहरीलाई खबर गरेपछि अनुसन्धानका क्रममा प्रहरीले ती दुई जनालाई पक्राउ गरेको हो।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्