नवरात्रको नवौँ दिन दशैँघरमा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्रीको विधिपूर्वक पूजाराधना गरियो – Kanika Khabar
Friday, January 21Nepali News Portal

नवरात्रको नवौँ दिन दशैँघरमा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्रीको विधिपूर्वक पूजाराधना गरियो

    मा प्रकाशित

कनिका खबर
कार्तिक ९, दाङ
नवरात्रको नवौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्रीको विधिपूर्वक पूजाराधना गरिएको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल नवमीमा सिद्धिदात्री देवीको विधिपूर्वक पूजाराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

नवरात्रको पहिलो दिन कात्तिक १ गते दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिली शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाराधना गरियो ।

त्यसपछि क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि र महागौरीको विशेष पूजाराधना गरियो । नवरात्रको अन्तिम दिन आज सिद्धिदात्रीको विधिपूर्वक विशेष पूजाराधना गरिँदैछ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवतलगायत देवीस्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाराधना गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यस वर्ष यही कात्तिक १० गते विजयादशमी परेको छ ।

विजयादशमीमा दिनभर मान्यजनबाट टीकाप्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान १०ः१९ को साइत उत्तम रहेको जनाएको छ । दुर्गाको प्रसाद कोजाग्रत पूर्णिमासम्म लगाउन सकिने शास्त्रीय नियम छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्