चेन्नई सुपर किंग्स १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटबाट बाहिरियो – Kanika Khabar
Sunday, January 18Nepali News Portal

चेन्नई सुपर किंग्स १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटबाट बाहिरियो

    मा प्रकाशित

कनिका खबर
कार्तिक १०, दाङ

साविक उपविजेता टिम चेन्नई सुपर किंग्स १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटबाट बाहिरिएको छ । राजस्थान रोयल्सले शीर्ष स्थानको मुम्बई इण्डियन्सलाई पराजित गरेपछि चेन्नई आईपीएलबाट बाहिरिने पहिलो टोली समेत बनेको छ । चेन्नईले लिगको बाँकी खेल जितेपनि प्ले अफ पुग्न सक्ने सम्भावना छैन । चेन्नईले अब दुई खेल खेल्न बाँकी रहेको छ । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई तालिकाको पुछारमा रहेको छ । तीन पटकको च्याम्पियन चेन्नई आईपीएल इतिहासमा पहिलोपटक प्ले अफ पुग्न असफल भएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्