इंग्लिस प्रिमियर लिग फुटबलमा साउथ ह्याम्पटन विजयी – Kanika Khabar
Sunday, January 18Nepali News Portal

इंग्लिस प्रिमियर लिग फुटबलमा साउथ ह्याम्पटन विजयी

    मा प्रकाशित

कनिका खबर
कार्तिक १०, दाङ

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको एभर्टन साउथ ह्याम्पटनसँग पराजित भएको छ । गयराति भएको खेलमा १० खेलाडीमा सिमित एभर्टन साउथह्याम्पटनसँग २–० गोल अन्तरले पराजित भएको हो । जितसँगै साउथह्याम्पटनले ६ खेलमा १० अङ्क जोडेको छ । साउथह्याम्पटन पाँचौं स्थानमा समेत उक्लिएको छ । पराजित भएपनि एभर्टन शीर्ष स्थानमा यथावत रहेको छ । एभर्टनले ६ खेलमा १३ अङ्क जोडेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्