कोरोना महामारीका कारण दसैँको टीका प्रायः घरघरमा सीमित – Kanika Khabar
Wednesday, April 22Nepali News Portal

कोरोना महामारीका कारण दसैँको टीका प्रायः घरघरमा सीमित

    मा प्रकाशित

कनिका खबर
कार्तिक ११, काठमाडौं
नोबेल कोरोना भाइरसको महामारीबीच नेपालीहरूले दुरी कायम गर्दै हिजो मान्यजनबाट विजयादशमीको टीका तथा जमरा ग्रहण गरेका छन् । कोरोना भाइरस संक्रमणको महामारीको कारण यस वर्षको टीका लगाउने कार्यक्रम प्रायः घरमै सीमित भएको छ । सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि धेरैले स्वास्थ्य सुरक्षा अपनाएर घरघरमा टीका लगाएका छन् भने यसपटक हिडडुल पनि कम भएको छ । कोरोनाको त्रासकै कारण यो वर्ष राजधानी काठमाडौँबाट आ–आफ्नो थातथलोमा दसैँ मनाउन जाने पनि घटेका छन् । कोरोना सङ्क्रमित भएर भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकाहरूलाई भने स्वास्थ्यकर्मीले टीका लगाइदिएका छन् । अस्पतालका प्रमुख डा. प्रकाश थापाले सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूले सबै सङ्क्रमितलाई टीका लगाएर प्रसाद वितरण गरी दसैं मनाएको बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्