मा प्रकाशित
कनिका खबर
कार्तिक ११, काठमाडौं
उत्तरी सिरियाको इदलिब प्रान्तमा रूसले गरेको हवाइ आक्रमणमा परि ५० जनाभन्दा बढीको मृत्यु भएको छ । बीबीसीले लेखे अनुसार मृत्यु हुनेमा अधिकांश टर्की समर्थित लडाकु रहेका छन् । फायलाक–अल–शाम नामक एक संगठनको प्रशिक्षण केन्द्रमा आक्रमण गरिएको थियो । आक्रमणपछि इदलिबमा रूस र टर्कीको मध्यस्थताबाट भएको संघर्षविराम शंकटमा परेको बताइएको छ ।


