भारतीय स्थल सेना प्रमुख नरभाने नोभेम्बर ४ तारिखमा नेपाल आउने – Kanika Khabar
Tuesday, November 24Nepali News Portal

भारतीय स्थल सेना प्रमुख नरभाने नोभेम्बर ४ तारिखमा नेपाल आउने

    मा प्रकाशित

कनिका खबर
कार्तिक ११, काठमाडौं
भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ तारिखमा नेपाल आउनु हुने भएको छ । उहाँ तीन दिने नेपाल भ्रमणका लागि आउन लाग्नुभएको हो । उहाँको भ्रमणको यो मिति भारतीय पक्षले तोकेको हो । नेपाली पक्षसँग यसबारे छलफल नभएको बताईएको छ । तर भारतीय पक्षले नै तय गरेको मितिलाई नै औपचारिकता दिने बढी सम्भावना रहेको छ । नेपाल र भारतबीच सीमा विवाद चर्किएपछि पहिलो पटक भारतीय पक्षबाट यो स्तरको भ्रमण हुन लागेको हो । भारतीय सेना प्रमुखको भ्रमणको क्रममा सीमा विवादको विषयमा पनि अनौपचारिक तरिकाले कुराकानी हुने अपेक्षा गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्