शक्तिशाली बम विस्फोटनमा परी पाकिस्तानमा कम्तीमा सात जनाको मृत्यु – Kanika Khabar
Sunday, January 18Nepali News Portal

शक्तिशाली बम विस्फोटनमा परी पाकिस्तानमा कम्तीमा सात जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक ११, दाङ
शक्तिशाली बम विस्फोटनमा परी पाकिस्तानमा आज कम्तीमा सात जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार आज बिहान भएको घटनामा परी अरु एक सय भन्दा धेरै घाइते भएका छन् । स्थानीय जमिया जुबैरिया मदरसामा इस्लाम धर्मका बारेमा विशेष कक्षा सञ्चालन भइरहेका बेलामा विस्फोटन भएको हो । विस्फोटनमा परी मृत्यु भएका र घाइते भएका सबै विद्यार्थी रहेको जनाइएको छ । घटनास्थलमा शङ्कास्पद झोला भेटिएको र घटनाका बारेमा पूर्ण अनुसन्धान शुरु गरिसकिएको प्रहरी अधिकृत वाक्वार अजिमले जानकारी दिनुभयो । विस्फोटनका कारण कक्षा सञ्चालन भइरहेको भवन र हल क्षतिग्रस्त भएको भिडियो पाकिस्तानी सञ्चारमाध्यमले देखाएका छन् । विस्फोटनका लागि पाँच किलो विस्फोटक पदार्थ प्रयोग गरेको पाइएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना सहित घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्