नागरिक सचेत नभएसम्म कोरोना महामारी नियन्त्रण हुँदैनः स्वास्थ्य मन्त्रालय – Kanika Khabar
Tuesday, May 19Nepali News Portal

नागरिक सचेत नभएसम्म कोरोना महामारी नियन्त्रण हुँदैनः स्वास्थ्य मन्त्रालय

    मा प्रकाशित

कनिका खबर
कार्तिक १२, काठमाडौं
नागरिक सचेत नभएसम्म नेपालमा फैलिएको कोरोना महामारी नियन्त्रणमा आउन नसक्ने सरकारले जनाएको छ । दसैँ लगायतका अन्य चाडपर्वमा यथास्थानमा मनाउन सरकारले निरन्तर आग्रह गरे पनि कतिपय मानिस सहर बजारबाट घर गएर दसैँ मनाएको प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिन्ता व्यक्त गर्दै यस्तो बताएको हो । धेरैले मन्त्रालयको आग्रहलाई मानेर यथास्थानमा दसैँ मनाए पनि केही मानिस भने टाढा–टाढाबाट कोरोना बोकेर चाडपर्व मनाउन घर गएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सीआइएनसँग बताउनुभयो । जसका कारण कोरोना महामारीको जोखिम झन् बढेको उहाँको भनाइ छ ।
यसैबीच पर्वतको जलजला गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि हिजोदेखि समुदायस्तरमै कोरोना परीक्षण गर्न थालिएको छ । सङ्क्रमितको सम्पर्कमा आएकाहरूमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर जाँच’ अभियान सुरू गरेको गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्