चीन–नेपाल तातोपानी नाका आजदेखि पुनः खुल्ने – Kanika Khabar
Tuesday, November 17Nepali News Portal

चीन–नेपाल तातोपानी नाका आजदेखि पुनः खुल्ने

    मा प्रकाशित

कनिका खबर
कार्तिक १२, काठमाडौं
असोज १९ गते खुलेलगत्तै बन्द भएको चीन–नेपाल तातोपानी नाका आजदेखि पुनः खुल्ने भएको छ । यसअघि कोरोना महामारीका कारण बन्द रहेको नाका खुलेलगत्तै सामान लोड–अनलोड गर्ने ३ जना नेपाली कर्मचारीमा कोरोना पुष्टि भएपछि दुई दिनभित्रै बन्द भएको थियो । त्यसयता चीनले नेपाल पक्षलाई कोरोना महामारी सुरक्षाको प्रबन्ध गर्न अनुरोध गर्दै नाका बन्द गरेको थियो । ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत जिम्सन रुम्दाली राईका अनुसार तिब्बतको वाणिज्य विभागले हिजो नाका खुल्ने तयारीबारे जानकारी दिएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्