भारतको बिहारमा विधानसभाको पहिलो चरणको चुनाव आज – Kanika Khabar
Thursday, April 16Nepali News Portal

भारतको बिहारमा विधानसभाको पहिलो चरणको चुनाव आज

    मा प्रकाशित

कनिका खबर
कार्तिक १२, दाङ
भारतको बिहारमा पहिलो चरणको विधानसभाको चुनाव आज हुँदैछ । बिहार विधानसभा चुनावको पहिलो चरणको चुनाव अन्तर्गत ७१ सिटका लागि मतदान हुनेछ । पहिलो चरणमा हुने ७१ सिटका लागि १ हजार ६६ जनाले उम्मेदवारी दिएका छन् । चुनावमा झन्डै २ करोड १४ लाखभन्दा बढी मतदाताले भोट खसाल्ने भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । १६ जिल्लामा हुने पहिलो चरणको चुनावका लागि कोरोना महामारीलाई ध्यानमा राखि स्वास्थ्य मापदण्ड लागू गरिएको छ । चुनावमा आरजेडी, एलजेपी, आरएलएसपी, जेडीयू, बीजेपी, बीएसपी, काँग्रेस र एनसीपीले सहभागिता जनाउँदैछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्