युरोपेली मुलुकमा कोरोना सङ्क्रमणको दर बढ्दै, इटलीमा प्रदर्शन – Kanika Khabar
Sunday, March 15Nepali News Portal

युरोपेली मुलुकमा कोरोना सङ्क्रमणको दर बढ्दै, इटलीमा प्रदर्शन

    मा प्रकाशित

कनिका खबर
कार्तिक १२, दाङ
युरोपेली मुलुक बेल्जियममा कोरोना सङ्क्रमण अनियन्त्रित भएपछि सङ्क्रमित चिकित्सकहरुलाई काममा बोलाइएको छ । बेल्जियम सरकारले देशभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको दर तीव्र गतिमा बढ्न थालेपछि आइसोलेसनमा रहेका चिकित्सकहरुलाई बिरामीको उपचारका लागि अस्पताल बोलाएको हो । बेल्जियमको लिज सहरमा पछिल्लो समय कोरोनाले सबैभन्दा धेरै प्रभाव पारेको छ । १ करोड १६ लाख जनसंख्या रहेको बेल्जियममा हालसम्म कोरोनाका कारण ३ लाख ३३ हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन् । यसैबीच, इटलीमा कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखि लगाइएको प्रतिबन्धको विरोधमा प्रदर्शन गरिएको छ । इटलिमा कोरोना सङ्क्रमणको दोस्रो चरणको लहर सुरु भएको भन्दै थप सावधानि अपनाउन लगाइएको प्रतिबन्धप्रति विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्