मूर्ति विर्सजन गएका एक बालक रुपन्देहीको दानव नदीमा बेपत्ता – Kanika Khabar
Thursday, May 21Nepali News Portal

मूर्ति विर्सजन गएका एक बालक रुपन्देहीको दानव नदीमा बेपत्ता

    मा प्रकाशित

कनिका खबर
कार्तिक १२, रुपन्देही
बडादसैँ समाप्तिसँगै दुर्गा भगवतीको मूर्ति विर्सजन गएका एक बालक रुपन्देहीको दानव नदीमा बेपत्ता भएका छन् ।
प्रत्यक्षदर्शीहरुले दिएको जानकारी अनुसार रुपन्देहीको सम्मरीमाई गाउँपालिका– ६ महदेवा निवासी अन्दाजी १६ वर्षीय मुकेश चौधरी मंगलबार दिउँसो दुई बजे नुहाउने क्रममा बेपत्ता भएका हुन् । दुर्गाको मूर्ति विसर्जनका क्रममा उनी अन्य सहभागीसँगै नुहाउनका लागि नदीमा पसेका थिए ।

मूर्ति विसर्जन पश्चात सामूहिक रुपमा नुहाईरहेका भुवाल कुर्मी, मनोज लोध र मुकेश चौधरी डुब्न लाग्दा कुर्मी र लोधलाई उद्धार गरिएको सशस्त्र प्रहरी बेस क्याम्प दुई मुहानका प्रमुख सहदेव सापकोटाले जानकारी गराए । तर चौधरीलाई भने फेला पार्न नसकिएको उनको भनाइ छ ।

दानव नदीमा डुंगा र गोताखोर मार्फत जाल प्रयोग गरी चौधरीको खोजतलास भइरहेको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा खोजी कार्य जारी रहेको सापकोटाले बताए ।
दानव र तिनाउनदीको संगम दुई मुहान घाटमा मर्चवार लिफ्ट सिंचाई योजनाका लागि पानी पम्पिङ्ग गर्ने ठाउँमा निकै गहिराई छ । नदीको गहिराई थाहा नपाएर नुहाउन गएका चौधरी पौडी खेल्न नजान्दा डुबेको प्रहरीको भनाइ छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्